स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित
काठमाडौं, जेठ ३२ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मालोर्कामाथि ४ ० को शानदार जित निकालेको छ ।
दोस्रो मिनेटमा नै अटुरो भिडालले गो....

काठमाडौं, जेठ ३२ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मालोर्कामाथि ४ ० को शानदार जित निकालेको छ ।
दोस्रो मिनेटमा नै अटुरो भिडालले गोल गर्दै सुरुवाती अग्रता लिएको बार्सिलोनाले ३७ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० अगाडी रह्यो । ७९ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे ।
इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो । जीतपछि बार्सिलोनाको २८ खेलबाट ६१ अंक भएको छ ।
उसले एक खेल कम खेलेको रियल मड्रिडसँग अंक दूरी पाँच अंकले बढाएको छ ।
प्रकाशित मिति: ०६:५१ बजे, आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











