Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार

काठमाडौं, जेठ ३२ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा....

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार

काठमाडौं, जेठ ३२ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार ६२६ पुगेको हो ।

एकै दिन अरू ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:४५ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्