Kathmandu Press

कपिलवस्तुमा दुई शव फेला

कपिलवस्तु, जेठ ३१ : कपिलवस्तुको छुट्टाछुटै स्थानमा आज दुई वटा शव फेला परेको छ। 

जिल्लाको वाणगङ्गा नगरपालिका ८ गण्डौलीका ३७ वर्षीय भूमिर....

कपिलवस्तुमा दुई शव फेला

कपिलवस्तु, जेठ ३१ : कपिलवस्तुको छुट्टाछुटै स्थानमा आज दुई वटा शव फेला परेको छ। 

जिल्लाको वाणगङ्गा नगरपालिका ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। अत्यधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएको जनाइएको छ।

त्यस्तै बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ। एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको शव रहेका स्थानमा विषादी पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  श्रीमान् १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगकी शिकार भएकी थिइन्।

प्रकाशित मिति: १९:२७ बजे, शनिबार, जेठ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्