Kathmandu Press

शनिबारमात्र रौतहटमा ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३१ : रौतहटमा शनिबार मात्र ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आएर जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरुमा संक्रमण पु....

शनिबारमात्र रौतहटमा ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३१ : रौतहटमा शनिबार मात्र ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आएर जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरुमा संक्रमण पुष्टि भएको हो। 

जिल्लाको ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालययको क्वारेन्टाइनमा रहेका २ बालकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। सोही क्वारेन्टाइनमा रहेका २१ जना पुरुषहरुमा पनि संक्रमण देखिएको छ। 

परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २ बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी सोही क्वारेन्टाइनमा रहेका एक बालकसहित ४८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटकै देवाही गोनाइ नगरपालिकाका पाँच पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।
 
रौतहटकै राजपुर नगरपालिकाका १२ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १९३२ पुगेको छ।
  
त्यस्तै चौविस घण्टामा प्रदेश २ बाट १७ जना डिस्चार्ज भएका छन्। योसहित प्रदेशका ४ सय ३७ जना कोरोना संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति: १९:०१ बजे, शनिबार, जेठ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्