म्याग्दीमा थप एक जनामा डेंगु संक्रमण
म्याग्दी, जेठ ३१ : म्याग्दीमा शुक्रबार थप एक जनामा डेगुको संक्रमण देखिएको छ। एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि....

म्याग्दी, जेठ ३१ : म्याग्दीमा शुक्रबार थप एक जनामा डेगुको संक्रमण देखिएको छ। एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मंगला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेंगु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए।
बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेंगु फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाइ छ। योसँगै वैशाख र जेठ महिनामा मंलगा गाउँपालिकामा चार जनामा डेंगु पोजेटिभ देखिएको छ भने जिल्लाभर संक्रमितको संख्या १४ पुगेको छ। बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेंगु देखिएको थियो। वैशाख ९ गते पहिलो डेंगु संक्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो।
गत वर्ष म्याग्दीमा १२ मा डेंगु र एक जनामा स्क्रब टाइफसका देखिएको थियो।











