युभेन्ट्स कोपा इटालियाको फाइनलमा
काठमाडौं, जेठ ३१ : युभेन्टस इटालीको पुरानो क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एलिनाज रंगशालामा शुक्रबार राति भ....

काठमाडौं, जेठ ३१ : युभेन्टस इटालीको पुरानो क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एलिनाज रंगशालामा शुक्रबार राति भएको खेलमा एसी मिलानसँग गोलरहित बराबरीमा खेल्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो ।
दोस्रो लेग गोलरहित बरारबीमा सकिए पनि युभेन्ट्स अवे गोलका आधारमा फाइनल प्रवेश गरेको हो । एसी मिलानको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
यो युभेन्ट्सका १९ औं फाइलन यात्रा हो । अब उपाधिका लागि युभेट्न्सले नापोली र इन्टर मिलानबीचको विजेतासँग खेल्ने । फाइलन जुन १७ मा हुनेछ ।
कोरोना भाइरसको महामारीका कारण फुटबल गतिविधि स्थागित भएपछिको खेल निकै निरस थियो । घरेलु मैदानमा युभेन्टसले खेलमा राम्रै पडक बनायो र थुप्रै आक्रमण पनि ग¥यो, तर गोल भने गर्न असफल रह्यो । पोर्चुगित स्टार क्रिस्टियानो रानाल्डो सुरुवातै प्राप्त पेनाल्टीमा गोल गर्न चुक्दा युभेन्ट्सले अग्रता लिने अवसर गुमाएको थियो । खेलको १६औं मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टी पोस्टमा लाग्दै बाहिरिएको थियो ।
लगत्तै एसी मिलान १० खेलाडीमा सीमित भयो । युभेन्टस डिफेन्डर डानिलोलाई फाउल गरेपछि स्ट्राइकर एन्टी रेबिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि एसी मिलान दबाबमा आएको थियो, तर युभेन्ट्सले त्यसको फाइदा उठाउन सकेन ।











