वाग्मती प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८४
काठमाडौं, जेठ ३१ : वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ ।
प्रदे....

काठमाडौं, जेठ ३१ : वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ ।
प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईले जानकारी दिए ।
उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाउनुपरेको छ ।
हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ०८:५९ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार