Kathmandu Press

ला लिगा : ग्रानाडासँग गेटाफे पराजित, रोकियो भ्यालेन्सिया

काठमाडौं, जेठ ३१ : कोरोना भाइरसको महामारीका कारण तीन महिनापछि सुरु भएको ला लिगामा शुक्रबार भएका खेलमा गेटाफे ग्रानडासँग पराजित हुँदा भ्यालेन्सियाले ले....

ला लिगा : ग्रानाडासँग गेटाफे पराजित, रोकियो भ्यालेन्सिया

काठमाडौं, जेठ ३१ : कोरोना भाइरसको महामारीका कारण तीन महिनापछि सुरु भएको ला लिगामा शुक्रबार भएका खेलमा गेटाफे ग्रानडासँग पराजित हुँदा भ्यालेन्सियाले लेभान्तेसँग बराबरी खेल्यो ।

शुक्रबार राति भएको पहिलो खेलमा ग्रानडाले घरेलु मैदानमा गेटाफेलाई २–१ले हरायो । ग्रानडाको जितमा दुवै गोल कार्लोस फर्नान्डेसले गोल गरे भने गेटाफेका डेविड टिमोरले गोल गरेका थिए ।

ग्रानडाको मैदानमा अग्रता भने गेटाफेले लियो । २०औं मिनेटमा डेबिड टिमोरले गोल गर्दै गेटाफेले अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । ७०औं मिनेटमा ग्रानडाका फर्नान्डेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७९औं मिनेटमा पुनः फर्नान्डेसले गोल गरेपछि ग्रानडा विजयी भयो ।

यसैगरी शुक्रबार राति नै भएको अर्को खेलमा भ्यालेन्सिया लेभान्तेसँग१–१ गोलको बराबरीमा रोकियो । गोलरहित बराबरीतर्फ उन्मूल खेलको अन्तिम मिनेटमा रोड्रिगोको गोलमा भ्यालेन्सियाले अग्रता लियो, तर इन्जुरी समयमा मिलिरोले गोल गर्दै लेभान्तेलाई हारबाट जोगाए ।

इन्जुरी सयमको आठौं मिनेटमा पेनाल्टीमा मिलिरोले गोल गरेका थिए । लेभान्तेले खेलको अन्त्य १० खेलाडीमा रहेर गरेको थियो । ७४औं मिनेटमा रोजर मार्टी दोस्रो पहेँलो कार्ड खादै मैदान छाड्न बाध्य भएका थिए ।

हारपछि पनि ४६ अंकका साथ गेटाफे पाचौं स्थानमा यथावत रह्यो भने ग्रानडा ४१ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लियो । भ्यालेन्सिया ४२ अंकका साथ सातौं स्थानमा रहँदा लेभान्तेले ३३ अंक जोडेर १३ औं स्थानमा छ ।

 

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, जेठ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्