Kathmandu Press

कोभिड-१९ ले परिवर्तन गरेको खानपान

कोभिड-१९ महाव्याधिले जीवनमा चरम परिवर्तन ल्याएको छ। सार्वजनिक स्थलमा मास्क लगाउने, सकेसम्म घरैभित्र बस्ने, हात धोइरहने अहिले सामान्य बनेको छ। यसै बीच खानपानमा पनि परिव....

कोभिड-१९ ले परिवर्तन गरेको खानपान

कोभिड-१९ महाव्याधिले जीवनमा चरम परिवर्तन ल्याएको छ। सार्वजनिक स्थलमा मास्क लगाउने, सकेसम्म घरैभित्र बस्ने, हात धोइरहने अहिले सामान्य बनेको छ। यसै बीच खानपानमा पनि परिवर्तन भइरहेको छ।

घरैभित्र बस्दा खाना पकाउन र स्वस्थ खानपानमा ध्यान दिन समय मिलेको छ। होम बेकिङको लहर चलेको छ। लाखौंले इन्स्टाग्राममा आफैंले बनाएको केक, ब्रेड र कुकिजका फोटो राखेका छन्। केहिले महाव्याधिमा आहार धेरै स्वस्थ भएको बताएका छन्। भान्छामा फलफूल र तरकारीलाई बढि प्राथमिकता दिन थालेको उनीहरू बताउँछन्।

अर्कोतिर महाव्याधि र अर्थतन्त्रमा उत्पन्न भएको बाधाको तनाव साथै खाद्य आपुर्तिको अवस्थाले कम स्वस्थकर खानपान भइरहेको गुनासो पनि छ। घरबाट काम गर्दा भान्छा नजिकै भएकाले जतिबेला खाने सुविधा भएको र क्यालोरी धेरै थपिएको कतिपय बताउँछन्। सुपरमार्केट खाली छन्। परिवारको खाना कसरी जुटाउने अर्को चिन्ता छ। अनिश्चितताबीच धेरैको मद्यपान पनि बढेको छ।

Hardik ivf

हामी धेरैले हाम्रो आफ्नै खानपानमा आएको परिवर्तन अनुभव गरेकै छौं। तर महाव्याधिले आहारमा कस्तो परिवर्तन ल्याएको छ त ? कोभिड-१९ महाव्याधिको समयमा विश्वभरि खानपानमा आएको परिवर्तन परीक्षण गर्न स्ट्याकरले इन्टरनेशनल फूड इन्फोर्मेसन काउन्सिल (आइएफआइसी) फाउण्डेसनको दुईटा उपभोक्ता प्रतिवेदन लगायत अन्य सर्वेक्षण र सार्वजनिक स्वास्थ्यक श्रोतसँग परामर्श गरेको छ। 

आइएफआइसी फाउण्डेसनको प्रतिवेदनमा १८ वर्षभन्दा माथिका एक हजार व्यक्तिको अन्तर्वार्ता लिइएको छ। ती अन्तर्वार्ता अप्रिलको सुरूमा दुई दिन र मे महिनाको सुरूमा दुई दिन गरिएको थियो।

४७ प्रतिशत घरमै बनेको खाना खान्छन्

अधिकांश राज्यमा रेस्टुरेन्ट बन्द छन्। आइएफआइसी फाउण्डेसनले अप्रिलमा गरेको सर्वेक्षण अनुसार झण्डै आधा सहभागीले कोभिड १९ सुरू भएपछि घरमै बनाएको खाना खाइरहेको बताए। मार्च अन्तिम र अप्रिलको सुरूदेखि परिकारबारे अनलाइन खोजी बढेको छ। गुगल ट्रेन्ड अनुसार गएको पाँच वर्षको तुलनामा यस्तो खोजी निकै बढेको छ।

फूड डेलिभरीमा २८ प्रतिशत कमी

दूषित खाना वा भाँडाका कारण कोरोनाभाइरस सर्ने डरले मार्च र अप्रिलको प्रारम्भमा टेकआउट र डेलिभरीमा एक चौथाइभन्दा धेरै कमी आयो। सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) ले त्यसयता खाना र प्याकेजिङबाट भाइरस सर्ने जोखिम न्युन भएको बताएको छ। 

ग्रोसरी स्टोर जानेहरू घटे

स्टाटिस्टाको तथ्याङ्क अनुसार सन् २०१९ मा ग्राहकहरू सातामा औसत १।६ पटक ग्रोसरी स्टोर जान्थे। आइएफआइसी फाउण्डेसनले जनाए अनुसार सन् २०२० मा कोभिड १९ का कारण ५० प्रतिशत ग्राहक ग्रोसरी स्टोर कमै जान थालेका छन्।

१३ प्रतिशत थोरै खान्छन्

महाव्याधिले करिब १३ प्रतिशतको खानाको परिमाण र कति पटक खाने त्यो पनि घटाएको आइएफआइसी फाउण्डेसनले अप्रिलमा गरेको सर्वेक्षणमा देखिएको छ। केहिले आधा पेट मात्रै खाइरहेका छन्। घरमा बस्दा तौल बढ्ने डरले अन्यले “क्वारेन्टिन १५” नियन्त्रण गर्न सक्रिय प्रयास गरिरहेका छन्।

४३ प्रतिशतले स्वस्थ खाना खाइरहेका छन्

दशमध्ये चार जनाभन्दा धेरैले महाव्याधिको समयमा स्वस्थकर खाना खाइरहेका छन्। अप्रिलमा मात्रै १५ प्रतिशतले साबिकभन्दा स्वस्थकर खाना खाएको सर्वेक्षणमा देखिएको थियो।

११ प्रतिशतले प्लास्टिक र्‍याप गरिएका खाना किन्छन्

कोभिड १९ को संकटमा १० मध्ये एकभन्दा धेरैले प्लास्टिकमा पोको पारिएका खाना खरिद गर्ने  गरेका छन्। सिडिसिले खानाबाट भाइरस सर्ने जोखिम कम भएको बताए पनि यस्तो भइरहेको छ। यसमा ४५ वर्षभन्दा कम उमेरका व्यक्तिको ठूलो हिस्सा छ। उनीहरूमध्ये १५ प्रतिशतले ग्रोसरी स्टोरमा प्लास्टिक र्यािप गरिएका खाना किन्ने गरेको बताएका छन्।
स्ट्याकर

प्रकाशित मिति: ०७:४७ बजे, शनिबार, जेठ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्