गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण
काठमाडौं, जेठ ३१ : गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतका चार जना र नवलपरास....

काठमाडौं, जेठ ३१ : गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतका चार जना र नवलपरासी पूर्वमा थप एक जनामा संक्रमण पुष्टि भएको हो ।
पर्बत कुश्मा नगरपालिका ६ वर्षीय बालर र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ वर्षका पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय अर्का युवामा कोरोनको संक्रमण पुष्टि भएको छ।
त्यस्तै नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षीय पुरुष रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।











