भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो
काठमाडौं, जेठ ३१ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा क....

काठमाडौं, जेठ ३१ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख ९ हजार ६०३ पुगेको हो । एकै दिन अरू ३८९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ८९० पुगेको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ५४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:१५ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











