कोरोनासँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग
काठमाडौं, जेठ ३० : साझा पार्टीले कोभिड–१९ सँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक....

काठमाडौं, जेठ ३० : साझा पार्टीले कोभिड–१९ सँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना संकटले विविध क्षेत्रमा पारेको तत्कालीन र दीर्घकालीन असरसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको हो।
साझा पार्टीले मुलुकमा झण्डै तीन महिना भएको बन्दाबन्दीका कारण दैनिक ज्याला, मजदूरी गर्ने लाखौँ नागरिकको जीवन अत्यन्त कष्टकर बन्दै गएको, उद्योग व्यवसाय, कृषि पर्यटन, शिक्षालगायतका क्षेत्र धराशायी हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ। विदेशमा अलपत्र परेका नेपालीलाई चाँडो स्वदेश ल्याउन साझाले सरकारसँग माग गरेको छ।
प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











