Kathmandu Press

संघीय संसद् सेवाको सचिव पदमा खड्काको बढुवा

काठमाडौं, जेठ ३० : संघीय संसद् सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ।

संसद् सेवामा ५१ सालमा प्रवेश गरेका सहसचिव खड्क....

संघीय संसद् सेवाको सचिव पदमा खड्काको बढुवा

काठमाडौं, जेठ ३० : संघीय संसद् सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ।

संसद् सेवामा ५१ सालमा प्रवेश गरेका सहसचिव खड्का पछिल्लो समय राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सचिवका रुपमा कार्यरत थिए। प्रतिनिधिसभाका सभामुुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा रहेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार उनी सचिवमा बढुवा भएका हुन्।

संघीय संसद् सेवाको महासचिवमा डा. भरतराज गौतमको नियुक्ति भएसँगै संघीय संसद् सेवाका दुईमध्ये एक सचिव पद रिक्त थियो। यसअघि सचिव खड्कासँग प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति र राज्यव्यवस्था तथा सुशासन समितिको सचिवका रुपमा समेत काम गरेको अनुभव छ।

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्