Kathmandu Press

धुम्बाराहीस्थित ह्याम्स अस्पतलबाट एक जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, जेठ ३० : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमित डिस्चार्ज भएका छन्। जेठ २० गते अस्पताल भर्ना भएका कास्कीका ६० ....

धुम्बाराहीस्थित ह्याम्स अस्पतलबाट एक जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, जेठ ३० : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमित डिस्चार्ज भएका छन्। जेठ २० गते अस्पताल भर्ना भएका कास्कीका ६० वर्षीय कोरोना संक्रमित शुक्रबार डिस्चार्ज भएका हुन्।

जेठ २० गते हेलिकोप्टरबाट उद्धार गरी अस्पताल ल्याइएको संक्रमितलाई भन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। 

अस्पतालमा अझै एक जना कोरोना संक्रमितको उपचार भइरहेको छ। गुल्मीका ७६ वर्षीय पुरुषको उपचार भइरहेको अस्पतालले जनाएको छ। 

कोरोना संक्रमित निको भएर डिस्चार्ज गरेपछि भविष्यमा कोरोना भाइरसका साथै अन्य बिरामीका लागि सेवा दिन तयार रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्