Kathmandu Press

रंगभेदविरुद्धको आन्दोलनका कारण दीपिकाले छोडिन् फेयरनेस क्रिम

काठमाडौं, जेठ ३० : अमेरिकामा सुरु भएको रंगभेदविरुद्धको आन्दोलनले संसारलाई नै प्रभावित बनाएको छ। यसको प्रभाव बलिउड अभिनेत्री दीपिका पादुकोणेमा पनि परेक....

रंगभेदविरुद्धको आन्दोलनका कारण दीपिकाले छोडिन् फेयरनेस क्रिम

काठमाडौं, जेठ ३० : अमेरिकामा सुरु भएको रंगभेदविरुद्धको आन्दोलनले संसारलाई नै प्रभावित बनाएको छ। यसको प्रभाव बलिउड अभिनेत्री दीपिका पादुकोणेमा पनि परेको छ।

यस आन्दोलनका कारण दीपिकाले छाला गोरो बनाउने फेयरनेस क्रिमबाट अलग भएकी छन्। फेयरनेस क्रिमको प्रचारमा संलग्न कलाकारको आलोचना हुन थालेपछि उनले यो ब्रान्ड छोडेकी हुन्।

Hardik ivf

उनी अमेरिकामा सुरु भएको आन्दोलनको पक्षमा उभिएकी थिइन्। तर, उनले त्यसको विज्ञापन र प्रचारमा काम गरेकाले आलोचना भएको थियो। जसले गर्दा उनले यो ब्रान्डबाट अलग भएको जनाएकी छन्।

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरीले हत्या गरेपछि आन्दोलन सुरु भएको छ। ‘ब्लाक लाइफ म्याटर’ नारा दिएर चलिरहेको आन्दोलनमा सेलिब्रेटी पनि सहभागी हुन थालेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका फेयरनेस क्रिमको ब्रान्डको विज्ञापनमा लामो समयदेखि आबद्ध रहेकी थिइन्।

यसअघि क्रिमको विज्ञापन गर्नु सामान्य मानिएता पनि अमेरिकामा सुरु भएको आन्दोलनपछि क्रिम प्रयोग गरेर छाला गोरो बनाउने धारणामा परिवर्तन आएको छ। अमेरिकामा ८१ वर्ष पूरानो फिल्म ‘गन विद द विन्ड’ पनि एचबीओ म्याक्सबाट हटाइएको छ।

 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्