Kathmandu Press

वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ मृत फेला

काठमाडौं, जेठ ३० : काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरि....

वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ मृत फेला

काठमाडौं, जेठ ३० : काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिए।

घटना गएराति भएको हो। ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिए। 

आत्महत्या गरेको जस्तो देखिए पनि घटनाबारे अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। अघिल्लो महिना स्वयम्भूमा एक प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए। 

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्