Kathmandu Press

क्वारेन्टाइन व्यवस्थापनमा खटिएकी नगरप्रमुखलाई स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौं लगियो

डोटी, जेठ ३० : दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ  नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगिएक....

क्वारेन्टाइन व्यवस्थापनमा खटिएकी नगरप्रमुखलाई स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौं लगियो

डोटी, जेठ ३० : दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ  नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगिएको छ। 

उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टाइनमा राख्न सक्रिय हुँदै आएका थिए। उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन्। स्वास्थ्य अवस्था बिग्रदै गएपछि अर्धचेत अवस्थामा रहेका मलासीलाई आज बिहान काठमाडौं लगिएको हो।

बिहीबार राति एकाएक  स्वासप्रस्वासमा निकै समस्या आएपछि  चिकित्सकको सल्लाहअनुसार नगरप्रमुख काठमाडौं लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए।

उनले भने, 'क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा उनलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौँ लगिएको हो।'

नगर प्रमुख मलासीले उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएकी थिइन्।

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्