Kathmandu Press

प्रदेश २ मा एक हजार ६ सय कोरोना सङ्क्रमित

जनकपुरधाम, जेठ ३० : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै गएको छ। शुक्रबार बिहानसम्म संक्रमितको संख्या एक हजार ६ सय दुई पुगेको छ।<....

प्रदेश २ मा एक हजार ६ सय कोरोना सङ्क्रमित

जनकपुरधाम, जेठ ३० : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै गएको छ। शुक्रबार बिहानसम्म संक्रमितको संख्या एक हजार ६ सय दुई पुगेको छ।

प्रदेश २ मा बिहीबार २९ नयाँ सङ्क्रमित थपिएका हुन्। रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

प्रदेश २ मा ३० हजार पाँच सय ४३ को स्वाब सङ्कलन गरिएकामा १३ हजार ८४२ को रिपोर्ट नेगेटिभ आएको छ भने १५ हजार ९९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ।

त्यस्तै १३ हजार ७१६ को आरडिटीबाट परीक्षण गर्दा ६३९ को रिपोर्ट पोजिटिभ र १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेशमा ४२८ क्वारेन्टिनमा १८ हजार ८९४, होम क्वारेन्टिनमा आठ हजार ८१२ र आइसोलेसनमा ७०१ जना बसेका छन्।

 

प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्