ट्रक खोल्सामा खस्दा चालकको मृत्यु
चितवन, जेठ ३० : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमह....

चितवन, जेठ ३० : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा विजयको मृत्यु भएको हो।
मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना ८ ख ५२०० नम्बरको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको थियो। इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो। ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर रहेको थियो।
प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











