बिदामा पनि सबैं वर्गका बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, जेठ ३० : नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंकहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
....
काठमाडौं, जेठ ३० : नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंकहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउस समेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैंकको दाबी छ।
प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1754206481.jpg)