स्पेनिस ला लिगामा सेभिल्लासँग रियल बेटिस पराजित
काठमाडौं, जेठ ३० : स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले रियल बेटिसमाथि जित निकालेको छ ।
घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले बेटिसलाई २ &ndas....

काठमाडौं, जेठ ३० : स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले रियल बेटिसमाथि जित निकालेको छ ।
घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले बेटिसलाई २ – ० ले हरायो । खेलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा सेभिल्लाले २ गोल गर्न सफल भएको हो ।
सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन्। जितपछि सेभिल्ला २८ खेलबाट ५० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ ।
कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको खेल गएरातिदेखि बन्द रंगशालामा खेलाउन शुरू गरिएको हो ।
प्रकाशित मिति: ०६:४९ बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











