Kathmandu Press

स्थागित भयो नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज

काठमाडौं, जेठ २९ : सन् २०२३ को विश्वकप विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले खेल्ने त्रिकोणात्मक सि....

स्थागित भयो नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज

काठमाडौं, जेठ २९ : सन् २०२३ को विश्वकप विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले बिहीबार नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्थगित गरेको हो।

स्कटल्यान्डमा जुलाई ४ देखि ११ तारिखसम्मका लागि तय भएको त्रिकोणात्मक सिरिज कोरोना भाइरसका महामरीका कारण आईसिसीले स्थगित गरेको हो। योसँगै विश्वकप क्रिकेट लिग–२ को नेपालको तेस्रो सिरिज स्थागित भएको छ। 

कोरोनाको महामारीका आईसिसीले यसअघि नै नेपालले खेल्ने दुई त्रिकोणात्मक सिरिज स्थगित भएको थियो। यसअघि अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तय नेपाल, नामिबिया र स्कटल्यान्ड तथा जुन ९ देखि १६ सम्म पपुवा न्युगिनीमा हुने नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिज स्थगित भएको थियो।

आईसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले एउटा मात्र सिरिज खेलेको छ। नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो। जसमा नेपालले ४ मध्ये २ खेल जितेको थियो। नेपालले ओमानसँगका दुवै खेल गुमाउँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो।

एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग–२मा ७ टिम सहभागी छन्। यीमध्ये शीर्ष ३ टिमले विश्वकप छनोट खेल्ने छन् भने पुछारका ४ टिमको छनोटमा पुग्न प्लेअफ खेल्ने छन्।

लिग–२ मा नेपाल, अमेरिका, ओमान, युएई, स्कटल्यान्ड, पपुवा न्यूगिनी र नामिबिया सहभागी छन्। प्रत्येक टिमले ९ वटा त्रिकोणात्मक सिरिज खेल्ने छन्। नेपाल तीनवटा सिरिज हुने छ।

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्