द्वन्द्वकालमा भण्डारण गरिएकाे बम फेला
सिन्धुपाल्चोक, जेठ २९ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ। वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्....

सिन्धुपाल्चोक, जेठ २९ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ। वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्दै गर्दा बुधबार बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिए।
स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
घटनास्थललाई सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित राखेको छ। नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसतर्फ गइसकेको छ। सो ठाउँमा द्वन्द्वकालमा बम भण्डारण गर्ने गरिएको स्थानीय नेकपा कार्याकर्ताले बताएका छन्।
प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











