Kathmandu Press

उत्तर कोरियाका लागि राष्ट्रसंघको मानवीय सहायता परियोजना स्वीकृत

सियोल, फागुन ३० : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ....

उत्तर कोरियाका लागि राष्ट्रसंघको मानवीय सहायता परियोजना स्वीकृत

सियोल, फागुन ३० : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ।

राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो।

फ्रान्सेली गैरसरकारी संस्थाहरु प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको स्याहार परियोजना सञ्चालन गर्न अनुमति प्राप्त भएको छ । राष्ट्रसंघीय जनसंख्या कोषले आपतकालीन प्रजनन स्वास्थ्य सामग्रीको आपूर्ति गर्नेछ।

यसैगरी, क्यानाडेली गैसस फस्ट स्टेप्स हेल्थ सोसाइटीलाई सोया दूध प्रशोधन प्रणाली आयात गर्न तथा मेडिसिन सान्स फ्रन्टियर्सलाई चिकित्सा सामग्री भित्र्याउन अनुमति दिइएको छ।

पछिल्लो सहजीकरणसँगै उत्तर कोरियामाथि मानवीय सहायता जोडिएका प्रतिबन्ध फुकुवा भएको संख्या २० पुगेको छ । यी छुटहरु ६ महिनाका लागि मान्य हुने राष्ट्रसंघले जनाएको छ।

मानवीय सहायता कृयाकलापहरु अन्तर्राष्ट्रिय प्रतिबन्धअन्तर्गत रहेका छैनन्, तर यससँग सम्बन्धित सामग्रीको आपूर्तिका लागि राष्ट्रसंघ सुरक्षा परिषदको स्वीकृति अनिवार्य हुन्छ। (योनहाप)

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, फागुन ३०, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्