Kathmandu Press

पाँचपोखरीको थाङ्पाल गाउँपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

सिन्धुपाल्चोक, जेठ २९ :  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द....

पाँचपोखरीको थाङ्पाल गाउँपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

सिन्धुपाल्चोक, जेठ २९ :  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द गरिएको छ। गाउँपालिकाले असार १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका—६ का १० जनामध्ये दुई जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म जेठ २८ देखि असार १ गतेसम्म गाउँपालिका कार्यालय र वडाकार्यालयका अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द हुने जनाएको छ। 

कोरोना संक्रमण देखिएका दुईजनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत सञ्जयकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ। संक्रमित दुबै जनाको मेलम्ची नगरपालिकाको आइसोलेशन कक्षमा उपचार शुरु भएको छ। 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्