Kathmandu Press

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २९ : धादिङका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ दिनअघि भारतबाट आएर त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सात जनाम....

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २९ : धादिङका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ दिनअघि भारतबाट आएर त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

गाउँपालिकाको वडा नं १ सल्यानटारको क्वारेन्टाइनमा बसेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

गाउँपालिका प्रमुख शम्भुकुमार थापाका अनुसार संक्रमित सबैलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने तयारी भइरहेको छ।

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्