Kathmandu Press

कश्मीरी पण्डितको हत्याको विरोधमा उत्रिन कंगना

काठमाडौं, जेठ २९ : बलिउड अभिनेत्री कंगना रनोट भारतको जम्मु कश्मीरमा भएको पण्डितको हत्याको विरोधमा उत्रिएकी छन्।

उनले सामाजिक सञ्जालमा एक भिड....

कश्मीरी पण्डितको हत्याको विरोधमा उत्रिन कंगना

काठमाडौं, जेठ २९ : बलिउड अभिनेत्री कंगना रनोट भारतको जम्मु कश्मीरमा भएको पण्डितको हत्याको विरोधमा उत्रिएकी छन्।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कश्मीर हत्याकाण्डमा वुद्धिजीवीहरु चुपचाप बसेको भन्दै आलोचना गरेकी छिन्। सेतो प्लेकार्ड देखाउँदै उनले लेखेकी छिन्, ‘वुद्धिजिवीहरुको ध्यान त्यतिवेला मात्र यस्तो घटनामा जान्छ, जब यस्ता घटनामा जेहादी विषय लुकेको हुन्छ नभए उनीहरु मौन नै बस्छन्।’

उनले बलिउड कलाकारहरुमाथि पनि कश्मीर घटनालाई लिएर आक्रोश देखाएकी छिन्। उनले जेहादी ऐजेन्डा भएमा उक्त विषयलाई लिएर अन्तर्राष्ट्रियकरण गर्न खोज्ने तर अरु वेला भने केहि नबोल्ने भनी आरोप लगाएकी छिन्।

चार दिन अघि कश्मीरमा सरपन्च अजय पण्डितको हत्या गरिएको थियो।

प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्