Kathmandu Press

मेचीपुलमा नेपालको नयाँ नक्सा राखियो

भद्रपुर, जेठ २९ : नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र  लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिए....

मेचीपुलमा नेपालको नयाँ नक्सा राखियो

भद्रपुर, जेठ २९ : नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र  लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ। नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनका रूपमा रहेका राष्ट्रिय युवासंघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा आज उक्त स्थानमा नक्सा राखिएको हो।

सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो। सो अवसरमा सांसद बुढाथोकीले  राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताए।

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्