Kathmandu Press

लकडाउनमा पनि सुनको मूल्य ८९ हजार ६ सय

काठमाडौं, जेठ २९ : लकडाउनकै बीच पनि सुनको मूल्य अत्यधिक बढेको छ। बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ।

सुनचाँदी व्यवसायी महासंघका ....

लकडाउनमा पनि सुनको मूल्य ८९ हजार ६ सय

काठमाडौं, जेठ २९ : लकडाउनकै बीच पनि सुनको मूल्य अत्यधिक बढेको छ। बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय पुगेको छ। त्यस्तै, तेजाबी सुनको मूल्य ८९ हजार एक सय ६५ पुगेको छ।

महासंघका अनुसार गत वर्षभन्दा बढेको छ। गत वर्ष आजकै दिन सुन प्रतितोला ६२ हजार तीन सय रुपैयाँ रहेको थियो।

यसैगरि चाँदी मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला नौ सय ५० रुपैयाँ पुगेको छ। महासंघका अनुसार गत वर्ष आजकै चाँदीको मूल्य सात सय १५ रुपैयाँ रहेको थियो।

महासंघले लकडाउन सुरु भएसँगै कारोबार बन्द गरेको थियो। जेठ २५ गतेदेखि पुनः कारोबार सुरु गरेको हो।

 

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्