Kathmandu Press

कूटनीति र संवादबाटै समस्याको निकास खोज्नुपर्छ : भारतीय राष्ट्रिय कांग्रेस

काठमाडौं, जेठ २९ : भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि क....

कूटनीति र संवादबाटै समस्याको निकास खोज्नुपर्छ : भारतीय राष्ट्रिय कांग्रेस

काठमाडौं, जेठ २९ : भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। अखिल भारतीय कांग्रेस समितिको अन्तरराष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभाका नेता आनन्द शर्माले बुधबार राति जारी गरेको वक्तव्यमा कूटनीति र संवादको माध्यमबाटै वर्तमान समस्याको समाधान खोजिनुपर्ने आवश्यकता औंल्याइएको छ। 

ऐतिहासिक एवं समयले परख गरेको पारस्परिक सम्मान, मैत्री र विश्वासमा आधारित भारत–नेपाल सम्बन्ध  दुई देशका जनताबीचको सुदृढ, सांस्कृतिक सम्बन्ध र रीतिरिवाजले  अद्वितीय र विशेष तुल्याएको बताउँदै वक्तव्यमा प्राकृतिक छिमेकी एवं मित्र भारत र नेपालबीचको लामो समयदेखिको अमूल्य सद्भावलाई सुदृढ र सुरक्षित बनाउन सुझाइएको छ।

भारत र नेपालबीच वार्ताका माध्यमबाट द्वन्द्व र मतभिन्नतालाई निरुपण गर्ने स्थापित द्विपक्षीय संयन्त्र हुँदाहुँदै उत्पन्न वर्तमान गतिरोधले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा क्षति पुगेको जनाइएको छ। भारतीय कांग्रेसले त्यसलाई अविलम्ब सम्बोधन गर्नुपर्ने माग गरेको छ।  एकार्काका संवेदनशीलतालाई बुझेर दुवै देशले रणनीतिक साझेदारीको प्रवर्द्धनका निम्ति अति धेरै लगानी गरेको जनाउँदै वक्तव्यमा वार्ताबाटै निकास खोज्न सुझाव दिइएको छ।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्