Kathmandu Press

दीपकराज गिरी गरे सांसद सरिता गिरीको आलोचना

काठमाडौं, जेठ २९ : कलाकार दीपकराज गिरीले सांसद सरिता गिरीको आलोचना गरेका छन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्साअनुसार निशान ....

दीपकराज गिरी गरे सांसद सरिता गिरीको आलोचना

काठमाडौं, जेठ २९ : कलाकार दीपकराज गिरीले सांसद सरिता गिरीको आलोचना गरेका छन्।

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जन गर्न सरकारले संसद्मा संविधान संशोधन विधेयक पेश गरेको छ। सांसद गिरीले त्यसको विरोध गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी छिन्।

Hardik ivf

सांसद गिरीले नक्सा जारी गरेको विषयमा पनि फरक मत राख्दै आएकी छन्। उनका अभिव्यक्तिलाई लिएर कलाकार दीपकले आलोचना गरेका हुन्।

कलाकार दीपकले सांसद गिरीलाई उल्टो बगेको नदी भनेर आलोचना गरेका हुन्। फेसबुकमा स्टाटस लेख्दै दीपकले भनेका छन्, ‘सरिताको शाब्दिक अर्थ नदी हो। सबै नदीहरू नेपाल हुँदै भारततिर बग्ने गर्दछन्, तर हामी कॉहा एउटा यस्तो नदी छ जो भारत हुँदै नेपालतिर उल्टो बगेर आएको छ।’

दीपकले सांसद गिरीबाट राम्रो कुराको आश गर्न नहुने तर्क गरेका छन्। उनले लेखेका छन्, ‘जो आफै उल्टो बगेको छ, उसबाट सुल्टो किन आश गर्ने।’

 

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्