Kathmandu Press

वागमती प्रदेशमा एक सय ४४ कोरोना संक्रमित, चारको मृत्यु

हेटौंडा, जेठ २९ : वागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या हालसम्म एक सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्....

वागमती प्रदेशमा एक सय ४४ कोरोना संक्रमित, चारको मृत्यु

हेटौंडा, जेठ २९ : वागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या हालसम्म एक सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् भने १०३ जना अझै उपचाररत छन्। सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा संक्रमण पुष्टि भएको छ। 

यसअघि कोरोना संक्रमणमा पहिलो रहेको काठमाडौं भन्दा चितवन र धादिङमा बढी रहेको छ। रसुवामा भने हालसम्म एक जनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्