जिल्ला कारागार प्युठानमा एक बन्दीको मृत्यु
प्युठान, जेठ २९ : जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका ७२ वर्षीय खगिराम राम्जालीको प्युठ....

प्युठान, जेठ २९ : जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
खानापछि एक्कासि मुटु दुखेपछि राम्जालीलाई उपचारार्थ प्युठान अस्पताल बिजुवारमा पुर्याइएको थियो।
स्वर्गद्वारी नगरपालिका ३ स्थायी घर भएका राम्झाली कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ कारागार चलान भएका थिए। उनलाई १५ वर्षको सजाय सुनाइएको थियो। राम्झालीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने सूचना अधिकारी पौडेलले बताए।











