ब्राजिलको विद्यालयमा गोली चल्दा दशको मृत्यु
साओ पाउलो, फागुन ३० : ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तिमा दश जनाको मृत्यु भएको छ।
बुधबार भएको घटनामा ....

साओ पाउलो, फागुन ३० : ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तिमा दश जनाको मृत्यु भएको छ।
बुधबार भएको घटनामा अन्य केही घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना स्कुलकै कर्मचारी र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाइ छ।
स्थानीय समय अनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार भएको हो।
प्रारम्भिक विवरणका अनुसार आठ जनाको घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।
घटनामा घाइते भएका १७ जनाको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरु विद्यालयमा पुगेका थिए । उनीहरुमध्ये एक जनाले भने, ‘यस्तो दर्दनाक घटना त मैले अहिलेसम्म देखेकै थिएन, अत्यन्त दुःखद घटना भयो।’
साओ पाउलो राज्यका गभर्नर जाओ डोरिआले घटनाका पीडितहरुलाई र उनीहरुका आफन्तलाई सम्बोधन गर्नु अहिलेको प्रमुख प्राथमिकता भएको बताइन् । (सिन्ह्वा)











