Kathmandu Press

बायर्न जर्मन कपको फाइनलमा

काठमाडौं, जेठ २९ : बायर्न म्युनिख जर्मन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार राति घरेलु मैदानमा फ्र्यांकफर्टलाई २–१ ले पराजित गर्दै ब....

बायर्न जर्मन कपको फाइनलमा

काठमाडौं, जेठ २९ : बायर्न म्युनिख जर्मन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार राति घरेलु मैदानमा फ्र्यांकफर्टलाई २–१ ले पराजित गर्दै बायर्न फाइलनमा पुगेको हो।

बायर्नको जितमा इभान पेरेसिच र रोर्बटो लेवान्डोस्कीले एक–एक गोल गरेका थिए भने फ्र्यान्कफर्टका डा कोस्टाले गोल फर्काएका थिए। बायर्नले खेलको दुवै हाफमा गोल गर्दा फ्र्यांकफर्टले दोस्रो हाफमा गोल गरेको थियो।

घरेलु मैदानमा पेरेसिचले थोमस मुलरको पासमा गोल गर्दै १४औं मिनेटमै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। ६९औं मिनेटमा डा कोस्टाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

त्यसपछि खेलको ७४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को जित दिलाउँदै लगतार तेस्रो पटक फाइनलमा पु¥याएका हुन्।

डिफेन्डिङ च्याम्पियन बायर्नले उपाधिका लागि बायर लेभरकुसनसँग खेल्नेछ। मंगलबार भएको पहिलो सेमिफाइननमा सारब्रुकेनलाई ३–० ले हराउँदै लेभरकुसन फाइनल पुगेको हो।

फाइलन ४ जुलाईमा बर्लिनमा हुनेछ।

प्रकाशित मिति: ०९:५७ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्