Kathmandu Press

जर्मन कपको उपाधिका लागि वायर्न म्युनिख र बायर लिभरकुजेन भिड्ने 

काठमाडौं, जेठ २९ : यस वर्षको जर्मन कप फुटबलको उपाधिका लागि वायर्न म्युनिख र बायर लिभरकुजेन भिड्ने भएका छन् ।

गएरातिको सेमिफइनल खेलमा आइन्त्र....

जर्मन कपको उपाधिका लागि वायर्न म्युनिख र बायर लिभरकुजेन भिड्ने 

काठमाडौं, जेठ २९ : यस वर्षको जर्मन कप फुटबलको उपाधिका लागि वायर्न म्युनिख र बायर लिभरकुजेन भिड्ने भएका छन् ।

गएरातिको सेमिफइनल खेलमा आइन्त्राच फ्र्याङ्कफर्टलाई २–१ ले हराउँदै साविक विजेता वायर्न म्युनिख फाइनलमा पुगेको हो । फ्रयाङ्कफर्ट विरुद्धको खेलमा वायर्नलाई विजयी गराउन इभाँ पेरिसिच र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे ।

फ्रायङ्कफर्टका ड्यानी डा कोस्टाले एक गोल फर्काए । यसअघि पहिलो सेमीफाइनल खेलमा एफसी सारब्रकेनलाई ३–० ले हराउँदै बायर लिभरकुजेन जर्मन कपको फाइनलमा पुगिसकेको छ ।  

प्रकाशित मिति: ०८:४४ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्