टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
काठमाडौं, जेठ २९ : मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक प्रहरी हबल्दारको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अन....

काठमाडौं, जेठ २९ : मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक प्रहरी हबल्दारको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो ।
प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











