कोरोना भाइरसले रोकिएको स्पेनिस ला लिगा आजदेखि सुरू हुँदै
काठमाडौं, जेठ २९ : कोभिड १९ महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल आज रातिदेखि पुनः सुरु हुँदैछ ।
गएको मार्चदेखि कोरोना भाइरसको महामार....

काठमाडौं, जेठ २९ : कोभिड १९ महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल आज रातिदेखि पुनः सुरु हुँदैछ ।
गएको मार्चदेखि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको यो सिजनका खेलहरु बन्द रंगशालमा कडा सावधानीसहित बिहीबारदेखि पुनः सुरु हुने भएको हो । नेपाली समय अनुसार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबिच खेल हुनेछ ।
आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने गरी यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ । तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने छ ।
स्पेन सरकारले खेलकुद विभागले ला लिगा र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु हुन लागेको हो ।
स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका थिए। २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक रहेको छ ।











