Kathmandu Press

कैलालीस्थित इलाका प्रहरी कार्यालय मसुरीयाका डिएसपीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित इलाका प्रहरी कार्यालय मसुरीयाका प्रहरी नायब निरीक्षक दीलबहादुर महरासहित दुई जनाविरुद....

कैलालीस्थित इलाका प्रहरी कार्यालय मसुरीयाका डिएसपीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित इलाका प्रहरी कार्यालय मसुरीयाका प्रहरी नायब निरीक्षक दीलबहादुर महरासहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अभियोग पत्रमा महराले घरेलु झगडा मिलाइदिने भन्दै ५० हजार रुपैयाँ घुस मागेको उल्लेख छ। 

महराले घुस वापतको रकम गौरीगंगा नगरपालिका १० का बृखबहादुर धामीमार्फत बुझेका थिए। प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सुचनाका आधारमा अख्तियारको टोलीले छड्के अनुसन्धान गरिरहेको थियो। अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले धामीलाई सेवाग्राहीसँग पचास हजार घुस बापतको रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो ।

अख्तियारले महरा र धामी दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विषेश अदालत काठमाडौंमा विगो जरिवाना र कैदको माग गरी मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्