पत्रकारलाई तलब दिन नमानेपछि अन्नपूर्ण पोस्टका प्रधानसम्पादकले दिए राजीनामा
काठमाडौं, जेठ २८ : अन्नपूर्ण पोस्ट प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। व्यवस्थापनले पत्रकार र कर्मचारीलाई तलब दिन नमानेपछि थापाले ....

काठमाडौं, जेठ २८ : अन्नपूर्ण पोस्ट प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। व्यवस्थापनले पत्रकार र कर्मचारीलाई तलब दिन नमानेपछि थापाले राजीनामा दिएका हुन्।
‘व्यवस्थापनले पत्रकार र कर्मचारीलाई तलब दिन आनाकानी गर्यो। संकटको बेला आफू मातहतका पत्रकार र कर्मचारीले तलब नपाउने स्थितीमा नैतिकरुपमा जिम्मेवारीमा रहिरहन सकिनँ,’ थापाले भने।
प्रधानसम्पादक थापाले बुधबार थ्री एनआईका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई राजीनामा बुझाएका हुन्। थापाले लामो समयदेखि पत्रकारलाई पूरा तलब दिनुपर्ने अडान राख्दै आएका थिए। तर, स्रोतका अनुसार अन्नपूर्णका पत्रकार कर्मचारीले चैत महिनादेखि तलब पाएका छैनन्। जिल्लाका पत्रकार र कर्मचारीले फागुनदेखिकै तलब पाउन बाँकी छ।











