Kathmandu Press

क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषकाे मृत्यु

अर्धाखाँची, जेठ २८ : अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ। 

क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषकाे मृत्यु
प्रतिकात्मक तस्बिर

अर्धाखाँची, जेठ २८ : अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ। 

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनाल मृत्यु भएको हो। उनको बुटवल गएर उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।

भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा आएका थिए। सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो।

अस्पतालमा उपचारपछि घर फर्कँदै गरेका खनालको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए। उनको स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्