मुम्बाईबाट स्वदेश फर्कने क्रममा सुनौली आइपुगेका एक पुरुषको मृत्यु
काठमाडौं, जेठ २८ : भारतबाट स्वदेश फर्कने क्रममा सुनौली आइपुगेका एक पुरुषको मृत्यु भएको छ। मंगलबार राति सुनौली आइपुगेका नवलपरासी पश्चिमको सुस्ता गाउँपा....

काठमाडौं, जेठ २८ : भारतबाट स्वदेश फर्कने क्रममा सुनौली आइपुगेका एक पुरुषको मृत्यु भएको छ। मंगलबार राति सुनौली आइपुगेका नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनी पाल्पाका तीन साथिसँग तीन दिनअघि भारतको मुम्बईबाट हिडेका थिए।
उनले आज बिहान एक्कासी वान्ता गरेको र वान्ता गरेको केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:३५ बजे, बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











