संसारकै धनाढ्य संगीतकार बनिन् रिहाना
काठमाडौं, जेठ २८ : बार्बाडियन गायिका एवं गीतकार रोबिन रिहाना फेन्टी संसारकै धनाढ्य महिला संगीतकार बनेकी छन्।
उनको यो यात्रा भने सहज थिएन्। ब....

काठमाडौं, जेठ २८ : बार्बाडियन गायिका एवं गीतकार रोबिन रिहाना फेन्टी संसारकै धनाढ्य महिला संगीतकार बनेकी छन्।
उनको यो यात्रा भने सहज थिएन्। बारबाडोसमा उनको बालापन निकै गरिबीमा बितेको थियो।
उनका बुवा धुमपानको कुलतमा फसेका थिए। उनको बाल्यकाल घरेलु हिंसामै वितेको थियो। उनका बुवा नशालु पदार्थ र रक्सीको दुव्र्यसनीकै कारण मारिएका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको शिक्षकलाई उद्धृत गर्दै रिहाना सानैदेखि चलाख थिइन्। उनी आफ्नोबारेमा धेरै सोच्ने गर्थिन्।
रिहाना १० वर्षको हुँदा भाइहरुको हेरचार गर्न थालिसकेकी थिइन्। उनका दुई भाइ थिए। आमालाई सघाउन काम पनि गर्थिन्।
उनीहरु सानै छंदा आमाबुवाको सम्बन्धविच्छेद भएको थियो। यसले पनि उनलाई काम गर्नुपर्ने दवाव थियो।
सानो उमेरदेखि नै समस्यालाई झेल्दै र समाधान गर्दै आएकी रिहाना ३२ वर्षकी हुँदा भने संसारकै धनाढ्य संगीतार महिलाको रुपमा उदायकी छन्। सन्डे टाइम्सले प्रकाशन गरेको सूचिमा उनलाई धनाढ्य संगीतारको सूचिमा राखेको छ। उनको सम्पत्ति चार सय ७८ मिलियन डलर रहेको जनाएको छ।
पप मेगास्टारबाट व्यवसायमा लागेकी उनी यो पत्रिकाको वार्षिक सूचीमा पर्न योग्य हुनुभन्दा एक वर्ष अघि लन्डन गएकी थिइन्। जहाँ एन्ड्रयू लयोड वेबर र पाओल मैककार्टनीपछि तेस्रो नम्बरमा थिइन्।
अहिले उनीसँग मिक जगर र एल्टन जन, एड शीरन, एडलको भन्दा अधिक सम्पत्ति रहेको छ।
उनले आफ्ना फ्यानका लागि सन् २०१६ मा एक एल्बम निकालेकी थिइन्। उनको पछिल्लो पटक कन्सर्ट पनि सन् २०१६ मै भएको थियो।
उनको यो सफलता देखेर बलिउड फिल्म निर्माता रोबट वाट पनि आश्चर्यमा परेका छन्। उनले बीबीसीसँग भनेका छन, ‘रिहानाले हामी सबैलाई आश्चर्यमा परेकी छन्।
पछिल्लो गर्मीयामसम्म धेरै कम मानिसलाई उनी ब्रिटेनमा बसेको थाहा थियो। अब उनी ब्रिटेनमा अर्बपतिको स्थान हासिल गर्ने संगीतकार बनेकी छन्।’












