Kathmandu Press

नवलपुरका तीनजनामा कोरोना संक्रमण पुष्टि

नवलपरासी, जेठ २८ : पूर्वी नवलपरासीमा तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा गैँ....

नवलपुरका तीनजनामा कोरोना संक्रमण पुष्टि

नवलपरासी, जेठ २८ : पूर्वी नवलपरासीमा तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा गैँडाकोट नगरपालिकाका दुई र पोखरामा गरिएको परीक्षणमा देवचुली नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो। 

योसहित नवलपुरमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईं‌का अनुसार  संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन कक्षमा उपचारका लागि लगिँदै छ।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्