Kathmandu Press

काठमाडौंको जडिबुटीमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौं, जेठ २७ : काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

जडिबुटीस्थित सडकमा प्रदेश....

काठमाडौंको जडिबुटीमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौं, जेठ २७ : काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी लुईंटेलको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्