Kathmandu Press

सीमामै बेहोस भएका वृद्धको उपचारका क्रममा मृत्यु

काठमाडौं, जेठ २७ : सेती प्रादेशिक अस्पतालमा एक वृद्धको मृत्यु भएको छ। भारतबाट कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किएका वृद्धको मंगलबार साँझ मृत्यु भएक....

सीमामै बेहोस भएका वृद्धको उपचारका क्रममा मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौं, जेठ २७ : सेती प्रादेशिक अस्पतालमा एक वृद्धको मृत्यु भएको छ। भारतबाट कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किएका वृद्धको मंगलबार साँझ मृत्यु भएको हो।

बाटोमै बेहोस भएका ७५ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

दम, उच्च रक्तचाप र मिर्गौलाको समस्या रहेको वृद्धको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए।

उनमा कोरोनाको लक्षण नदेखिएको र आरडीटी रिपोर्ट पनि नेगेटिभ आएकाले पीसीआर परीक्षण नगरिने उनले बताए।

प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्