नेपाल आएर दिल गार्डेन गार्डेन भएको छ : गुल्सन ग्रोवर
काठमाडौं, फागुन ३० : बलिउडका अभिनेता गुल्सन ग्रोवर बुधबार ललितपुरस्थित मगंलबजारमा देखिए । नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रमोसनक....

काठमाडौं, फागुन ३० : बलिउडका अभिनेता गुल्सन ग्रोवर बुधबार ललितपुरस्थित मगंलबजारमा देखिए । नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रमोसनका क्रममा मगंलबजार पुगेका हुन् ।
उनले नेपालीको तारिफ मात्रै गरेनन्, फ्यानसँग सेल्फी पनि लिए । आफ्ना फ्यानसँग सम्बाद गर्दा उनी उत्साहित देखिन्थे । ‘नेपाल आएर दिल गार्डेन गार्डेन भएको छ । मलाई नेपालका मानिसहरु, सस्ंकृति र खाना एकदमै मन पर्छ,’ गुल्सनले भने ।
प्रमोसन कार्यक्रममा अभिनेत्री आना शर्मा पनि सँगै थिइन् । अन्य कलाकार र निर्माण टीमसँगै गुल्सनले केही बलिउड डाइलग पनि सुनाए ।
पहिलो पटक बलिउड अभिनेत्री मनिषा कोइरालासँगै नेपाल आएका गुल्सनको यो तेस्रो पटक हो ।
उनको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ शुक्रबार रिलिज हुँदैछ ।
गुल्सन र आनासँगै यो फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, कर्मा शाक्य, नीर शाह, आमिर गौतम, शिशिर बाङदेलको अभियन रहेको छ ।
नकिम उद्दनलले निर्माण गरेको फिल्म पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।












