Kathmandu Press

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

काठमाडौं, जेठ २७ : बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ। अछामको चैरपाटी गाउँपालिकाकी २....

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

काठमाडौं, जेठ २७ : बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ। अछामको चैरपाटी गाउँपालिकाकी २५ वर्षीय महिलाको मंगलबार दिउँसो ठूलो आन्द्राको शल्यक्रिया गरिएको हो। 

अछामकै क्वारेन्टाइनमा बस्दै आएकी महिला बिरामी भएपछि अछामको बयलपाटा अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उनलाई नेपालगञ्ज मेडिकल कलेज रेफर गरेपछि हेलिकोप्टरमार्फत सोमबार कोहलपुर ल्याइएको थियो।

शल्याक्रिया गर्नुअघि उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। बिरामीमा संक्रमणदेखिएको अस्पतालले ओपिडी र इमरजेन्सीलगायत सबै सेवा बन्द गरी उनको शल्यक्रिया गरेको थियो।

दिउँसो ३ बजेर १५ मिनेटमा उनको शल्यक्रिया सफल भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। 

संक्रमित महिलाको शल्यक्रिया सफल भएपछि अस्पतालले बुधबारदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको छ। 
 

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्