कोरोनाको कारण मृत्यु भएका चितवनका वृद्धको नारायणी नदी किनारामा अन्त्यष्टि
काठमाडौं, जेठ २७ : चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको वृद्धको नारायणी नदी किनारामा अन्त्यष्टि गरिएको छ।
....
काठमाडौं, जेठ २७ : चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको वृद्धको नारायणी नदी किनारामा अन्त्यष्टि गरिएको छ।
परिवारको सल्लाह अनुसार देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारमा खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
भरतपुर अस्पतालबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो।
मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका वृद्धलाई चारदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा रिफर गरिएका वृद्धको मंगलबार बिहान मृत्यु भएको हो।
प्रकाशित मिति: १८:११ बजे, मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार