Kathmandu Press

भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

काठमाडौं, जेठ २७ : भर्चुअल तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ। प्रतियोगितामा नेपालका लक्ष्मण ऐर र द....

भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

काठमाडौं, जेठ २७ : भर्चुअल तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ। प्रतियोगितामा नेपालका लक्ष्मण ऐर र दावा शेर्पाले स्वर्ण जितेका हुन्।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान र पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा नेपालका सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कास्य पदक जिते।

उक्त प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए। तेह्र सदस्यीय निर्णायक मण्डलमा एसियाबाट खड्का एक्लो निर्णायक रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ।

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्